News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
- गएराति भएको समूह बी को खेलमा पीएसजीले सिएटल साउन्डर्सलाई २-० ले हरायो र समूह विजेता बने।
- पीएसजीको गोलमा भिचा भारासखेलिया र अचरफ हाकिमीले गोल गरे।
१० असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन् (पीएसजी) फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको समूह बी को खेलमा अमेरिकी क्लब सिएटल साउन्डर्सलाई २-० ले हराउँदै पीएसजी समूह विजेता बनेर अगाडि बढेको हो ।
भिचा भारासखेलिया र अचरफ हाकिमीले पीएसजीका लागि गोल गरेका थिए। यसअघि एट्लेटिको मड्रिडमाथि ४-० को ठुलो जितले पनि पीएसजीको गोलअन्तर बलियो बनाएको थियो।
यता यसै समूहको अर्को खेलमा बोटाफोगोलाई हराएपनि एट्लेटिको भने गोलअन्तरका आधारमा पछाडि रहँदै अघि बढ्न सकेन ।
अन्तिम समयमा एन्टोइन ग्रिज्मानको गोलबाट १-० को जित निकालेपनि एट्लेटिको बाहिरिँदा बोटाफोगो नै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
पीएसजीसँगको फराकिलो हारले एट्लेटिकोको यात्रा समूह चरणमै टुंगियो। बोटाफोगोले भने पीएसजीलाई १-० ले हराएको थियो जसका कारण उसको अघिल्लो चरण सम्भावना बलियो बनेको थियो ।
समूह बी मा पीएसजी, बोटाफोगो र एट्लेटिको मड्रिडको समान ६-६ अंक भएको छ । गोलअन्तरका आधारमा पीएसजी शीर्षमा, बोटाफोगो दोस्रोमा र एट्लेटिको तेस्रोमा रहे ।
प्रतिक्रिया 4