
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता वृद्धिको निर्णय सत्तारुढ दलबीचको सहमतिमा भएको बताए।
- संसद्मा सांसद रामहरि खतिवडाले उमेर किन बढाइएको सोध्दा, पौडेलले सहमति अनुसार निर्णय भएको बताए।
- उहाँले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइएको र सुविधा नखोसिने स्पष्ट गर्नुभयो।
१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिएका छन् ।
संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले दलहरूबीचकै सहमतिमा यो निर्णय लिइएको बताए ।
उनले यसरी उमेर बढाउँदा पनि अहिले खाइपाइ आएको सुविधा भने नखोसिने स्पष्ट पारे । हाल सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याएको छ । यसअघि ६८ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4