+
+
Shares

प्रदीप खड्कासँग फाइट दृश्य खिच्दा सोनम तोप्देनको खुट्टा भाँचियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सोनम तोप्देनको खुट्टा फिल्म छायांकनको क्रममा दुर्घटनामा भाँचिएको छ।
  • उनी अहिले पोखराको चरक अस्पतालमा उपचार गराइरहेका छन्।
  • घटना फिल्मको फाइट दृश्य खिच्ने क्रममा भएको हो र उनको भागको छायांकन अनिश्चित भएको छ।

काठमाडौं । ‘ऐरी’ फिल्म छायांकनको क्रममा अभिनेता सोनम तोप्देनको खुट्टा भाँचिएको छ । देब्रे खुट्टाको गोली गाँठोभन्दा केही माथिबाट भाँचिएपछि अहिले उनी पोखराको चरक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

ढोरपाटनमा छायांकन भैरहेको फिल्मको फाइटको दृश्य खिच्ने क्रममा दुर्घटना भएको हो । सोनम र प्रदीप खड्काको फाइटको दृश्य खिच्नुपर्ने थियो । प्रदीपले रुखमाथिबाट हामफालेर आफूलाई किक हान्नुपर्ने दृश्य खिच्दा यस्तो घटना भएको सोनमले अनलाइनखबरलाई बताए ।

‘प्रदीपजीले केही अग्लो रुखबाट जम्प गरेर मलाई किक हान्नुपर्ने दृश्य थियो । जम्प गर्दा उहाँको खुट्टा सीधै मेरो खुट्टामा ठोक्कियो र भाँचियो’ अस्पतालबाट सोनमले अनलाइनखबरसँग भने ।

५ दिनअघि सेटमा यस्तो घटना भएपछि सोनमलाई हेलिकोप्टरमा पोखरा लगिएको थियो । उनी अहिले अस्पतालमा बसेर उपचार गराइरहेका छन् । यो घटनापछि सोनमको पार्ट छायांकन अनिश्चित बनेको छ ।

‘निर्देशकले तिमीलाई १ वर्षसम्म भएपनि कुर्छु भन्नुभएको छ’ सोनमले भने । उनको लाइनअपमा यसपछि ‘जलाकी’ फिल्म छ । पहाड उक्लनुपर्ने र नाच्नुपर्नेजस्तो दृश्य भएकाले जलाकीमा पनि उनको सहभागितालाई लिएर सशंय देखिएको छ ।

‘शाम्बाला’पछि सोनम यतिबेला नेपाली फिल्मका विश्वब्यापी अनुहार बनेका छन् । उनी यतिबेला नेपालसहित विदेशमा समेत डिमान्डेड अभिनेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?