+

आईसीसीको वरियतामा सन्दीप र ललितको उल्लेख्य सुधार

२०८२ असार  ११ गते १६:१२ २०८२ असार ११ गते १६:१२
आईसीसीको वरियतामा सन्दीप र ललितको उल्लेख्य सुधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले आइसीसी टी–२०आई वरियतामा उल्लेख्य सुधार गरेका छन्।
  • सन्दीपले ४१ स्थान सुधार्दै ७५औं र ललितले २९ स्थान सुधार्दै ५४औं स्थानमा उक्लिएका छन्।
  • नेपाली टोली टी–२०आई र एकदिवसीय वरियतामा क्रमशः १८ र १७ स्थानमा कायम छ।

११ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले आइसीसीको टी–२०आई वरियतामा उल्लेख्य सुधार गरेका छन् ।

बलिङतर्फ लेगस्पीनर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन् । उनले स्कटल्याण्डमा भएको टी-२०आई शृंखलामा ४ खेलमा ११ विकेट लिएका थिए ।

त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले २९ स्थान सुधार गर्दै ५४औं स्थानमा उक्लिएका छन् । उनले स्कटल्याण्डको शृंखलामा ४ विकेट लिएका थिए ।

अलराउण्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन् । कुशल भुर्तेलले ६ स्थान सुधार गरेर ३२औं स्थानमा छन् । ब्याटिङमा पनि कुशल भुर्तेलले १० स्थान सुधार गरेर ८३औं स्थानमा उक्लिएका छन् ।

नेपाली टोली टी-२०आई वरियतामा १८औं स्थानमा तथा एकदिवसीय वरियतामा १७औं स्थानमा यथावत् छ ।

ललित राजवंशीले एकदिवसीयमा पनि ५ स्थान सुधार गरेर ४८औं स्थानमा छन् । सन्दीप लामिछाने १ स्थान सुधार गर्दै ५४औं स्थानमा छन् ।

ललित राजवंशी सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय