News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टर मिलान र मोन्टेरेले फुटबल क्लब विश्वकपको अन्तिम १६ मा स्थान बनाएका छन्।
- इन्टरले रिभर प्लेटलाई २–० ले पराजित गर्यो भने, मोन्टेरेले उरावा रेड डायमन्ड्सलाई ४–० ले हरायो।
- अब इन्टर मिलानले फ्लुमिनेनसेसँग र मोन्टेरेले बोरुसिया डोर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछन्।
१३ असार, काठमाडौं । इन्टर मिलान र मोन्टेरे फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्। गएराति भएको समूह ई अन्तर्गतका आ-आफ्ना खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा स्थान बनाउन सफल भएका हुन्।
इन्टर मिलानले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई २–० ले पराजित गर्यो। इन्टरको जितमा फ्रान्सेस्को एस्पोसितोले ७२औं मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा अलेस्सान्द्रो बास्तोनीले दोस्रो गोल थपे।
पहिलो हाफमा दबाबमा परेको इन्टरले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
त्यस्तै, मेक्सिकन क्लब मोन्टेरेले जापानी टोली उरावा रेड डायमन्ड्सलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो।
मोन्टेरेको जितमा जर्मन बेर्तरामेले २ गोल गरे भने नेल्सन डेओषा र जेसस कोरोनाले गोल गरे ।
अब अन्तिम १६ मा इन्टर मिलानले ब्राजिलियन क्लब फ्लुमिनेनसेसँग र मोन्टेरेले जर्मन क्लब बोरुसिया डोर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया 4