News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले १३ असारमा तास्केन्दमा जारी एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रि-क्वाटरफाइनलमा प्रवेश गर्यो।
- नेपालले समूह खेलमा साउदी अरबियालाई ३–१ ले पराजित गरी प्रि-क्वाटरफाइनलमा पुग्यो, टोली प्रमुख ज्याकी महर्जनले बताए।
- नेपालको प्रिक्वाटरफाइनलमा मलसेयाको सामना हुनेछ, टोली प्रमुख महर्जन र प्रशिक्षक बासुकाले यो सफलता ऐतिहासिक भने।
१३ असार, काठमाडौं । नेपाल २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रि-क्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।
नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।
प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।
प्रतिक्रिया 4