+
+
Shares

‘साहसी छोरीहरू’ भन्दै एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’मा प्रधानमन्त्रीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते ९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डिजिटल प्रतिरोध’ अभियानमा गायिका एलिना चौहान र समीक्षा अधिकारीलाई समर्थन जनाएका छन्।
  • उनीहरूले सामाजिक संजालमा प्रतिरोध अभियान चलाउँदै आलोचना गर्नेलाई सार्वजनिक गरिदिने र सकारात्मक पहललाई प्रोत्साहन गर्ने बताएका छन्।
  • अभिनेता दीपकराज गिरीले पनि यस अभियानमा समर्थन जनाएका छन्।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै यी उदीयमान गायिकालाई ढाडस समेत दिएका छन् ।

जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले यी दुई गायिकको तरिका सहि लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले चौहान र अधिकारीको तरिकामा समर्थन जनाउँदै लेख्छन्, ‘समाजलाई उत्तेजनाले ’गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’

‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन’ ओलीले फेसबुकमा लेखेका छन् । एलिनाले पनि प्रधानमन्त्रीको स्टाटस सेयर गर्दै कडा कानून ल्याउनुपर्ने माग राखेकी छन् ।

पछिल्ला केही दिनयता एलिना र समीक्षाको निजी जीवन र विगतप्रति टिप्पणी गर्दै केही सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमा लान्छना लगाइरहेका छन् । यस्तो टिप्पणी गर्नेको आइडी सार्वजनिक गर्दै यी दुई गायिकाले सामाजिक संजालमा प्रतिरोध अभियान चलाइरहेका छन् ।

अभिनेता दीपकराज गिरीले पनि शुक्रबार गायिकाद्धयको यो अभियानमा समर्थन जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?