+
+
Shares

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १२:५७

१४ असार, विराटनगर । विराटनगरमा बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  शुक्रबार राति १ बजे करेन्ट लागेर विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकका छिमेकी कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा साउण्ड सिस्टमका लागि जोडेको तारमा लड्दा शुक्रबार राति अमितलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?