
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘एक्टर : टेक वन’ असार २७ गतेदेखि भारतका हलमा प्रदर्शन हुने भएको छ।
- निर्माता थमन भण्डारीले दार्जिलिङ, सिक्किम, सिलिगुढीका सबै हलमा प्रदर्शन गर्न तयारी गरिरहेका छन्।
- यस फिल्मबाट अभिनेता राजवल्लभ कोइरालाले लामो समयपछि पुनरागमन गरेका हुन्।
काठमाडौं । प्रदीप खड्का, दिब्या रायमाझी, आना शर्मा अभिनित फिल्म ‘एक्टर : टेक वन’ असार २७ गते (११ जुलाई)देखि भारतमा रिलिज हुने भएको छ ।
शान्ति डिस्टिब्युटर्सले यो फिल्मलाई त्यहाँका हलमा प्रदर्शन गर्न लागेको हो । निर्माता थमन भण्डारीले उक्त मितिदेखि नेपालीभाषी बहुल भारतका सबै हलमा फिल्म प्रदर्शनमा आउने जनाए ।
नेपाली भाषामा प्रदर्शनमा आउने फिल्मलाई दार्जिलिङ र सिक्किममा कलाकारकै उपस्थितीमा विशेष शो समेत गरिने भएको छ । रिलिज तयारी तथा प्रचारप्रसारको लागि निर्माता भण्डारी केही दिनमा भारत जाने तयारीमा छन् भने कलाकार पनि केही समयपछि त्यता जानेछन् ।
निर्माता भण्डारीका अनुसार नेपालीभाषी बहुल दार्जिलिङ, सिक्किम र सिलिगुढीका सबै हलमा फिल्म प्रदर्शन हुने जनाइएको छ । शान्ति डिस्ट्रिब्युटर्सले यो फिल्मलाई पर्सेन्टेजमा किनेको हो ।
नेपालमा प्रदर्शन भैसकेको यो फिल्मबाट अभिनेता राजवल्लभ कोइरालाले लामो समयपछि पुनरागमन गरेका हुन् । अभिनेता खड्कालाई शीर्ष भूमिकामा लिएर निर्माता भण्डारीले नयाँ फिल्म ‘लोभीपापी’ निर्माण गर्दैछन् । यसको छायांकन दशैंपछि गर्ने तयारी छ ।
प्रतिक्रिया 4