+
+
Shares

विशेष अदालतको फैसला : नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष जेल

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले मेयर मोहन बस्नेतलाई ८ वर्ष र ३ महिना कैद र जरिवाना तोकेको छ।
  • उनले ९ करोड २२ लाख रुपैंयाको घुस लिएको र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरिएको हो।
  • अदालतले उनलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण र २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ।

१६ असार, काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।

९ करोड २२ लाख रुपैंयाको घुस लेनदेन भएको ठहर सहित विशेष अदालतले मेयर बस्नेत अनि पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको हो । हाउजिङ र पद्मा मर्चेन्टले पनि त्यही दरले जरिवाना तिर्नुपर्नेछ ।

विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ ।

विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ । उनलाई थप २ करोड २६ लाख रुपैंया जरिवाना पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?