+
+
Shares

विवादित निजामती विधेयक सन्देशसहित राष्ट्रिय सभामा टेबुल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १२:५८

१८ असार, काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएपछि विवादित बनेको संघीय निजामती विधेयक आज राष्ट्रिय सभामा सन्देशसहित टेबुल भएको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयक प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।

राष्ट्रिय सभामा पनि सांसदहरुले यो विधेयकमा चलखेल गर्नेविरुद्ध छानबिन गरी कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरिन् ।
त्यस्तै राष्ट्रिय सभा सदस्य बिष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरुलाई सच्चाउन माग गरिन् । उनले विधेयकमाथि चलखेल गर्नेमाथि छानबिन गरेर कारबाही गर्न माग गरेकी छन् ।

राष्ट्रिय सभा सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसविपरीत विधेयक आएको भन्दै आपत्ति जनाए ।

कानून निर्माण जस्तो विषयमा भएको कीर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न उनलको माग छ ।

प्रतिनिधि सभाबाट पारित हुनुअघि २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भए पनि ‘बाहेक’ शब्दका कारण यो विधेयक विवादित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?