+
+
Shares

बुल्गेरिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:५२
प्रतीकात्मक तस्वीर

१८ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसी छिन् ।

कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?