+
+
Shares

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको छ।
  • संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको र मुख्यमन्त्रीलाई पत्र बुझाइनेछ।
  • मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग मन्त्रीलाई बर्खास्त गरेपछि समर्थन फिर्ता भएको हो।

२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताए ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना सांसदहरू छन् । जसमध्ये नाउपाका ७ सांसदहरू छन् ।

वर्तमान सरकारलाई बहुमतका लागि २७ सांसदको आवश्यक पर्छ । तर कांग्रेसका १८ र सभामुखबाहेक एमालेका ११ जना सांसदहरू छन् । जसका कारणले नाउपाको समर्थन फिर्ताले वर्तमान सरकारलाई कुनै असर गर्दैन । कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाको समर्थन थियो ।

प्रदेश सभामा माओवादी केन्द्रको १०, (दीर्घ सोडारी निलम्बन बाहेक) नेकपा एकीकृत समाजवादीका ३, स्वतन्त्र र राप्रपाको १/१ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?