
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको टेक्सासमा बाढीका कारण ५१ जनाको मृत्यु भएको छ, जसमा १५ बालबालिका छन्।
- ग्वाडालुपे नदीको सतह अकस्मात बढ्दा ठूलो बाढी आएको र उद्धार कार्य जारी रहेको छ।
- मौसम विभागले अझ पनि भारी वर्षाको सम्भावना रहेको र फेरि बाढी आउन सक्ने चेतावनी दिएको छ।
२२ असार, काठमाडौं । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ जना बालबालिका समेत छन् ।
शुक्रबार बिहानदेखिको वर्षाका कारण टेक्सासको कर काउन्टीस्थित ग्वाडालुपे नदीको सतह अकस्मात बढ्दा बाढीले वितण्डा मच्चाएको अमेरिकी सञ्चामाध्यमहरुले जनाएका छन् । दर्जनौं मानिस बेपत्ता भएको अधिकारीले बताएका छन् । आइतबारसम्म पनि उद्धार कार्य जारी छ ।
उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरिरहेको छ । बाढीका कारण कर काउन्टी क्षेत्र सबभन्दा बढी प्रभावित भएको र त्यहाँ ४३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
क्रिस्चियन समर क्याम्प (इसाई युवा शिविर) बाट हराएका २७ छात्राको अवस्था हालसम्म पनि अज्ञात रहेको अधिकारीहरुले बताएका छन् । हालसम्म ८५० जनाको उद्धार गरिएको छ ।
त्यहाँको मौसस विभागले त्यस टेक्सासको कर काउन्टी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान जारी गर्दै बाढीको चेतावनी दिएको छ ।
शुक्रबार बिहानदेखि वर्षा हुँदा ग्वाडालुपे नदीको सतह ४५ मिनेटमै ६ फिट (७.९ मिटर) बढेको थियो ।
प्रतिक्रिया 4