+
+
Shares

४ हजार ८३० भेपसहित एकजना पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २८ वर्षीय विशाल तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले २२ असार काठमाडौंमा अवैध भेपसहित काभ्रेपलाञ्‍चोकका विशाल तामाङलाई पक्राउ गर्यो।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ४ हजार ८३० वटा भेपसहित पक्राउ गरेको जनाएको छ।
  • प्रहरीले उनलाई लाकन्थलीस्थित कोठाबाट पक्राउ गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाएको छ।

२२ असार, काठमाडौं । अवैध रुपमा विद्युतीय चुरोट (भेप) ल्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २८ वर्षीय विशाल तामाङ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ४ हजार ८३० वटा भेपसहित पक्राउ गरेको एसपी काजिकुमार आचार्यले बताए । उनका अनुसार, प्रहरीले बा ९ च ८७३४ नम्बरको भ्यान समेत बरामद गरेको छ ।

तामाङलाई लाकन्थलीस्थित उनकै कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा पठाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?