News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले सेप्टेम्बर ६ र ९ मा काठमाडौंमा बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने घोषणा गरेको छ।
- यी खेलहरू फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत पर्छन् र एसियन कप तयारीका लागि महत्वपूर्ण छन्।
- नेपालको एसियन कप समूह 'एफ' मा मलेसिया, लाओस र भियतनामसँग परेको छ र हालसम्म दुई खेलमा पराजित भएको छ।
२३ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछन् ।
यी खेलहरू फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत पर्छन्। यस मैत्रीपूर्ण खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीमा महत्वपूर्ण हुनेछन्।
एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल मलेसिया, लाओस र भियतनामसँग परेको छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेल्दा दुवैमा पराजित भएको छ ।
नेपालको आगामी छनोट खेल अक्टोबर ९ मा भियतनामविरुद्ध उसैको मैदानमा हुनेछ।
प्रतिक्रिया 4