+
+
Shares

रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य थापाले प्रतिनिधिसभाको बैठकमा नाटकीय हस्ताक्षर अभियानलाई राजनीतिक प्रचार र प्रोपोगाण्डा भएको बताए।
  • उनले भने- अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका आधारमा निर्णय गर्दछ।
  • उनले हस्ताक्षर अभियानलाई राजनीतिक प्रतिशोध र प्रचारको रुपमा देखाउँदै अदालतको आदेशलाई हस्ताक्षरले बदल्न सकिन्न भनी बताए।

२३ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले कारागारमा रहेका एक व्यक्तिको याचनापत्र अनुसार नाटकीय हस्ताक्षर अभियान जारी रहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन् ।

‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ । ७ असार २०८२ मा नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । त्यसलाई मैले याचना पत्र भनेको छु’ उनले भने, ‘त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ ।’

उनले थपे, ‘सर्वोच्च, उच्च र जिल्ला अदालतमा आधा दर्जन भन्दा बढी मुद्दा चलिरहेका छन् । त्यसलाई प्रतिशोध भन्ने कि राजनीति, प्रतिशोध भन्दै अहिले हस्ताक्षर भएको छ त्यो खासमा राजनीति हो ।’

रास्वपा र सभापति लामिछानेप्रति लक्षित गर्दै उनले हस्ताक्षर अभियानलाई राजनीतिक प्रचार र प्रोपोगाण्डा भएको बताए ।

‘राजनीतिक प्रोपोगाण्डा हो, राजनीतिक प्रचार हो र आफ्नो रोटी सेक्ने उपक्रम हो । सर्वोच्च अदालतबाट समेत त्यसबारेमा जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन,’ उनले भने, ‘अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्दछ । यो कुरा हेक्का राख्न आग्रह गर्न चाहन्छु ।’

सांसद थापाले जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?