
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको स्थलगत अवलोकन गरेका छन्।
- उनले क्षति, उद्धार र राहतबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र बासिन्दासँग छलफल गरे।
- अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का र चिनियाँ राजदूत चेन सोङ समेत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए।
२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन् ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति सहित चारै सुरक्षा निकायका प्रमुख पनि प्रधानमन्त्री ओलीसँगै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4