+

प्रशिक्षक वाइल्डको विषयमा बोल्न एन्फाले पत्रकार सम्मेलन गर्दै

२०८२ असार  २५ गते ११:१८ २०८२ असार २५ गते ११:१८
प्रशिक्षक वाइल्डको विषयमा बोल्न एन्फाले पत्रकार सम्मेलन गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फाले महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको विषयमा पत्रकार सम्मेलन आयोजना गर्नेछ।
  • एएफसी महिला एसियन कप छनोटमा देखिएको विवाद र प्रशिक्षकको अन्तर्वार्तापछि एन्फाले स्पष्ट पार्न पत्रकार सम्मेलन बोलाएको हो।
  • पत्रकार सम्मेलन एन्फा मुख्यालयमा आयोजना हुनेछ।

२५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको विषयमा धारणा प्रस्तुत गर्न पत्रकार सम्मेलन गर्ने भएको छ ।

एएफसी महिला एसियन कप छनोटमा देखिएको प्रशिक्षक र टिम व्यवस्थापनबीचको विवाद र प्रशिक्षकले दिएको पछिल्लो अन्तर्वार्तापछि एन्फाले त्यस विषयमा प्रष्ट पार्न आधिकारिक रूपमै पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

पत्रकार सम्मेलनमा एन्फा कार्यसमिति सदस्य समेत रहेकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु, प्राविधिक निर्देशक हरि खड्का, महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक बिन्द्रा देवान प्रस्तुत हुने एन्फाले पठाएको सुचनामा उल्लेख छ ।

पत्रकार सम्मेलनमा टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले हालै दिएका अभिव्यक्तिका बारेमा प्रतिक्रिया दिने र उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको प्रदर्शनबारे पनि समीक्षा गरिने जानकारी दिइएको छ ।

एन्फा प्याट्रिक डे वाइल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय