News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली साइक्लिङ खेलाडी उषा खनालले बीसी बाइक रेसमा तेस्रो स्थान हासिल गरेकी छन्।
- उषाले महिलातर्फ १९ प्रतिस्पर्धीमध्ये तेस्रो स्थान पाएकी हुन्।
- उषाले सोचेको भन्दा राम्रो नतिजा आएकाले एकदम खुशी लागेको बताइन्।
२६ असार, काठमाडौं । नेपाली साइक्लिङ खेलाडी उषा खनाल क्यानडामा भएको बीसी बाइक रेसमा तेस्रो भएकी छन् । क्यानडा ब्रिटिस कोलम्बियामा भएको विश्वकै चर्चित सिंगल ट्रयाक साइक्लिङमा नेपालबाट गएकी उषाले तेस्रो स्थान हासिल गरेकी हुन् ।
महिलातर्फ कूल १९ जनाले भाग लिएको उषाले बताइन् । जसमा १४ घण्टा ५१ नेट २७ सेकेण्ड समयसहित उषा तेस्रो भइन् ।
क्यानडाका काबेटेक रेसिङ टिमकी सान्ड्रा वाल्टर पहिलो भइन् । यस्तै क्लिफ फेमिली फाउण्डेसनकी क्याथरिन नस दोस्रो भइन् । वाल्टरले १२ घण्टा २५ मिनेट ४५ सेकण्ड र क्याथरिनसले १२ घण्टा ५८ मिनेट २१ सेकेण्ड समय निकालिन् ।
जुन ३० देखि सुरु भएको बीसी बाइक रेस स्टेज रेस हो । । ७ स्टेजको यो इभेन्टको कूल दूरी २२० किमी थियो ।
पहिलो पटक विश्व चर्चित रेसमा भाग लिएर तेस्रो स्थान हासिल गरेकी उषाले एकदमै खुशी लागेको र रेस रमाइलो भएको प्रतिक्रिया दिइन् ।
‘मेरो पहिलो पटक सहभागिता हो । सोचेको भन्दा राम्रो रिजल्ट आयो । एकदम खुशी छु, उषाले क्यानडाबाट अनलाइनखबरसँग कुराकानीमा भनिन्, ‘राम्रो चलाउने रैछु भन्ने भयो । जे होस बाहिर आएर पनि कम्पिट गर्न सक्ने रैछ । हामीमा पनि क्षमता रैछ भन्ने लाग्यो ।’
उनले यसअघि पनि क्यानडामा गएर यस रेसमा भाग लिने प्रयास गरेकी थिइन् । तर विभिन्न कारणले गर्दा मिलिरहेको थिएन । यस पटक भने उनलाई सबै कुराले साथ दियो ।
‘यो वर्ल्ड क्लास रेस हो । विश्वभर नै चर्चा छ । यो रेस धेरै पहिला देखि ट्राई गरिराको तर धेरै कुरा मिलिरहेको थिएन । यस पटक सबै मिल्यो । गत वर्ष भिजा ढिला लाग्दा आउन ढिला भएको थियो । यस पटक सबै कुरा मिल्यो’ उषाले भनिन् ।
यस रेसका लागि आयोजकले रिजस्ट्रेसन फि निशूल्क गर्देकोले उषाले बताइन् । त्यसबाट फ्लाइ टिकट लगायत व्यवस्थापन भने आफैले गरेर गएको उनले सुनाइन् ।
यस्तै उनले गत वर्ष अमेरिका माभएको यस्तै खालको रेसमा पनि भाग लिएकी थिइन् । तर हात भाँचिएको केही समयपछि नै प्रतिस्पर्धा गर्दा उनले पूर्ण रुपमा खेल्न सकिनन् । यस पटक फेरि अमेरिकामा अगष्टमा हुने प्रतिस्पर्धामा जान लागेको उषाले जानकारी दिइन् ।
प्रतिक्रिया 4