
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।
- विभाग प्रमुख ई. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्न आवश्यक नीतिगत संरचनाको खाँचो देखेर सचिवत्रयलाई विज्ञ सल्लाहकारमा चयन गरिएको बताए।
- तीनैजना विज्ञ सल्लाहकारहरू नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र जल तथा ऊर्जा आयोगमा नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन्।
२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।
आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।
मनोनयनपछि विभाग प्रमुख ई. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो देखेर सचिवत्रयलाई विज्ञ सल्लाहकारमा चयन गरिएको बताए ।
उनले भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ ।’
नियुक्त हुनुभएका तीनैजना विज्ञ सल्लाहकारहरू विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।
प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति-निर्माणको अभ्यासलाई राजनीतिक नेतृत्वसँग जोड्न विज्ञ सल्लाहाकारमा मनाेनित गरिएको विभाग प्रमुख न्यौपानेले बताए ।
विभाग प्रमुख ई. न्यौपानेको सिफारिसमा पार्टीले विज्ञ सल्लाहकार मनोनयन गरेको हो ।
प्रतिक्रिया 4