+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

रुखबाट लडेर घाइते, अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १०:२८

३० असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको फिक्कल गाउँपालिका-३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ ।

चनौटेको तीनअंके डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा खसेर घाइते भएका आलेमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।

स्थानीय चनौटे अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई दोलखाको चरिकोटमा रहेको पशुपती चौलागाईं स्मृति अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतबार साँझ करिब साढे ६ बजेदेखि सडकमा आएको लेदोले बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सिमाना कालढुङ्गा क्षेत्र अवरुद्ध भएपछि उनलाई खुर्कोटबाट मन्थली-चरिकोटको बाटो हुँदै काठमाडौं लैजान लागिएको थियो ।

बीपी राजमार्ग सोमबार बिहानदेखि मात्रै सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?