
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन गरी विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माण गर्ने बताएका छन्।
- अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष ऊर्जा विकास, सडक निर्माण, औद्योगिक पूर्वाधार, सहरी विकास र डाटा सेन्टर स्थापना लगायतमा परिचालन हुने जानकारी दिए।
- सरकारले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक संसद्मा पेस गरेको छ र यसले सार्वजनिक ऋणमा परेको चाप कम गर्ने उद्देश्य राखेको अर्थमन्त्रीले बताए।
३१ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माण गर्न वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा मंगलबार सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष ऊर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन हुने बताएका हुन् ।
यस्तै सडक निर्माण, सुरुङमार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वाधार निर्माणमा पनि वैकल्पिक वित्त विकास कोष परिचालन गरिने जानकारी उनले दिए ।
त्यसैगरी सहरी विकास पूर्वाधार, डाटा सेन्टर स्थापना तथा सञ्चालन, केबुलकार, पडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषपरिचालन हुने अर्थमन्त्रीको भनाइ छ ।
अर्थमन्त्री पौडेलले स्वदेशी तथा विदेशी लगानीबाट उच्च प्रतिफल दिने ठूला आयोजनामा लगानी हुँदा पूर्वाधार निर्माणमा स्रोत कठिनाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाको वित्तीय अन्तरपूर्ति गर्ने उद्देश्यले सरकारले संसद्मा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक पेस गरेको छ ।
सार्वजनिक ऋण आकार बढ्दै गएका सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पूँजी आकर्षण गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्ने, रोजगारी प्रवर्द्धन, दिगो विकास, पूर्वाधार आयोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्ने लगायत उद्देश्य रहेको अर्थमन्त्री पोडेलले बताए ।
प्रतिक्रिया 4