+

त्रिवि क्रिकेट मैदानको पारापिटमा सिट जडान हुँदै (तस्वीरहरू)

२०८२ असार  ३२ गते १८:१३ २०८२ असार ३२ गते १८:१३
त्रिवि क्रिकेट मैदानको पारापिटमा सिट जडान हुँदै (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ।
  • निर्माण कम्पनीले दैनिक हर्जाना बुझाएर काम गरिरहेको छ र १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ।
  • हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको र ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको जनाइएको छ।

३२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल पारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।

गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुनसकेको छैन ।

अब निर्माण कम्पनीले दैनिक हर्जाना बुझाएरै भए पनि काम गरिरहेको छ र एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ ।

हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको जनाइएको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।

हेरौं तस्वीरहरू

त्रिवि क्रिकेट मैदान
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय