+
+
Shares

सान्भी इनर्जीकाे सेयर बजारमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सान्भी इनर्जीको ८८ लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको छ।
  • संस्थापक समूहको ५६.९३ प्रतिशत र सर्वसाधारण समूहको ४३.०७ प्रतिशत सेयर रहेको छ।
  • कम्पनीको कारोबार आगामी आइतबारदेखि आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले प्रदान गर्नेछ।

१ साउन, काठमाडौं । सान्भी इनर्जीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा संस्थापक समूहको ५० लाख १० हजार अर्थात् ५६.९३ प्रतिशत र सर्वसाधारण समूहको ३७ लाख ९० हजार कित्ता अर्थात् ४३.०७ प्रतिशत छ ।

उक्त कम्पनीको कारोबार आगामी आइतबारदेखि हुने छ । आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले प्रदान गर्नेछ । कम्पनीले पाएको कोड नाम एसएएनभीआई रहेको छ ।

कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता मूल्य १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको सीमा पाएको छ । यो सीमाभित्र पहिलो कारोबार भई त्यसपछि सोही दिन १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?