News Summary
Generated by OK AI. Editorially reviewed.- आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८औं संस्करणमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली थाइल्यान्ड जाने भएको छ।
- नेपालले जुलाइ २२ देखि २८ सम्म हुने प्रतियोगितामा रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरे।
१ साउन, काठमाडौं । आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८औं संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ ।
पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डंगोल र निरु थापा मगर छन् ।
जुलाइ २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
अफिसियल/व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायकमा मेघराज तोलङगी र आईटीओमा नेसिर मास्के रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4