News Summary
Generated by OK AI. Editorially reviewed.- भारत सरकारले नेपाली क्रिकेट प्रतिभा उजागर गर्न र खेलाडीहरूलाई भारतमा प्रशिक्षणको अवसर दिन निरन्तर सहयोग गरिरहेको छ।
- सन् २०२४ जनवरीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका राष्ट्रिय टोलीसँग भेट गरी भारत नेपाली क्रिकेटको साथमा रहेको सन्देश दिएका थिए।
- बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा जुलाई २१ देखि अगस्ट ३ सम्म नेपाली पुरुष राष्ट्रिय टोलीको विश्वकप छनोट तयारीका लागि प्रशिक्षण शिविर सञ्चालन गरिएको छ।
७ साउन, काठमाडौं । भारत र नेपालको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउँदै आएको क्रिकेट सहकार्यले दुई देशका युवा खेलाडीहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ। साझा क्रिकेट जोशका माध्यमबाट यो सहकार्यले नेपाली क्रिकेटको विकासमा ठूला योगदान दिन थालेको छ।
भारत सरकारले नेपाली क्रिकेट प्रतिभा उजागर गर्न र नेपाली खेलाडीहरूलाई भारतमा प्रशिक्षणको अवसर दिन निरन्तर सहयोग गरिरहेको छ। विगत दुई वर्षदेखि भारत सरकार र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नेपाल क्रिकेट संघ (क्यान)सँग मिलेर प्रशिक्षण, अभ्यास प्रतियोगिता र भौतिक स्रोत उपलब्ध गराउने जस्ता विभिन्न पहलहरू गरिरहेका छन्।
सन् २०२४ जनवरीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका राष्ट्रिय टोली र क्यान प्रतिनिधिहरूसँग भेट गरी भारत नेपाली क्रिकेटको साथमा रहेको सन्देश दिएका थिए।
यसै सन्दर्भमा, भारत सरकारको सहयोगमा बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा नेपालका पुरुष राष्ट्रिय टोलीका लागि जुलाई २१ देखि अगस्ट ३ सम्म विश्वकप छनोटको तयारीका लागि प्रशिक्षण शिविर सञ्चालन गरिएको छ। गत वर्षको अगस्टमा पनि सोही स्थानमा नेपाली टोलीको तयारीलाई समर्थन गरिएको थियो।
नेपालले २०२४ अप्रिलमा भारतका बरोडा र गुजरात क्रिकेट संघसँग त्रिकोणात्मक टी–२० अभ्यास खेल खेलेको थियो भने सन् २०२५ मार्चमा दिल्लीका यू–१९ टोलीसँग अभ्यास प्रतियोगिता भएको थियो। महिला टोलीले पनि दिल्लीमा प्रशिक्षण लिएर थाइल्याण्डमा भएको एसिया छनोटको फाइनलसम्मको यात्रा तय गर्यो।
सन् २०२५ जुलाईमा काठमाडौंस्थित भारतीय दूतावासले तीन जना यू–१९ नेपाली क्रिकेटरलाई भोपालमा एक महिने व्यावसायिक प्रशिक्षणका लागि सहयोग गर्यो। यसअघि पनि भारत सरकारले सन् २०१३ मा क्यानलाई बस उपहार दिएका थिए भने सन् २०२३ मा खेलकुद उपकरण प्रदान गरेको थियो।
यो निरन्तर सहकार्यले नेपाली क्रिकेटको आधार बलियो बनाइरहेको छ र भविष्यमा भारत–नेपाल सम्बन्धलाई खेलकुदको माध्यमबाट अझ घनिष्ट बनाउने संकेत दिएको छ।
प्रतिक्रिया 4