+
+
Shares

अमेरिका-चीन व्यापार युद्ध मत्थर हुँदै, ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ

चीनका उपप्रधानमन्त्री दुई पक्षबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।

रासस रासस
२०८२ साउन ७ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग समन्वयलाई सुदृढ बनाउने प्रयास गर्ने बताएको छ।
  • अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले स्टकहोममा चिनियाँ समकक्षीसँग भेटेर तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्ट मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना रहेको बताए।
  • चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्ने आशा व्यक्त गरे।

७ साउन, बेइजिङ । चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बताएको छ ।

वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए । प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुवै पछि हटेका थिए ।

त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठूला अर्थव्यवस्थाहरू बीचको व्यापार अवरुद्ध भएको थियो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताएका छन् ।

‘तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना देखिएको छ,’ बेसेन्टले फक्स बिजनेससँग बताए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताएका छन् । उनले भने, ‘हामी सहमति बढाउनेछौँ, असमझदारी कम गर्नेछौँ, सहयोगलाई बलियो बनाउनेछौँ र चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिनेछौँ ।’

चीनका उपप्रधानमन्त्री  दुई पक्षबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।

‘हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनुहुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत मे महिनामा जेनेभामा उच्च अधिकारीहरूको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए।

गत जुनमा लण्डनमा पनि दुई देशका अधिकारीबीच भेटवार्ता भएको थियो ।

समय सीमाबारे दृष्टिकोण

बेसेन्टका अनुसार वासिङ्टनले इरानी र रुसी तेलको चिनियाँ खरिदलगायत विविध विषयमा पनि कुरा गर्न चाहेको थियो ।

संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता जेनेभा बैठकपछि सुरुमा रोकिएको थियो, यद्यपि अहिले बेइजिङसँग व्यापार राम्रो स्थानमा रहेको बेसेन्टले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यसअघि बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र इलेक्ट्रोनिक्स र अन्य सामानहरू बनाउनका लागि महत्त्वपूर्ण सामग्रीहरू दुर्लभ खनिजहरूको लागि निर्यात इजाजतपत्र अनुमोदनहरू ढिलो गरेको आरोप लगाएपछि असहमतिहरू बाहिर आएका थिए ।

त्यसयता दुवै देशले जेनेभा सहमतिमा अघि बढ्ने फ्रेमवर्कमा सहमति जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाले चीनलाई सेमीकन्डक्टर बिक्रीमा केही प्रतिबन्धहरू खुकुलो पारेको देखिएको छ, जबकि बेइजिङले नियन्त्रित वस्तुहरूको निर्यात इजाजतपत्रका लागि आवेदनहरूको पुनरावलोकन गरिरहेको छ ।

जनवरीमा ह्वाइट हाउसमा पुनः फर्केपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रहरू र प्रतिस्पर्धीमाथि समान रूपमा १० प्रतिशत कर लगाउनुभएको छसाथै स्टील, आल्मुनियम र अटोमा उच्च स्तरमा कर लगाइएको छ ।

अगष्ट १ देखि चीनका लागि नभए पनि दर्जनौं अर्थतन्त्रका लागि १० प्रतिशतको करवृद्धि दर बढ्ने अपेक्षा गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?