
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयले ५ साउनमा प्रहरी कार्यालयहरुलाई आरोपीहरुको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न परिपत्र गरेको छ।
- महान्यायाधिवक्ता कार्यालयले १९ असारमा आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक नगर्न निर्णय गरेको थियो।
- ठूलो जघन्य अपराधमा संलग्न व्यक्तिको तस्वीर सार्वजनिक गर्न प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृति आवश्यक छ।
७ साउन, काठमाडौं । आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।
५ साउनमा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चारमाध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न भनिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको पुष्टि गरे ।
उनका अनुसार महान्यायाधिवक्ता कार्यालयको तस्वीर, भिडियोहरु सार्वजनिक नगर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेपछि यस्तो निर्णय गरिएको हो ।
१९ असारमा महान्यायाधिवक्ता कार्यालयले आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराइएको थियो ।
जसकारण अबदेखि भने आरोपीको तस्वीर, भिडियोहरु सार्वजनिक नहुने भएको छ ।
यद्यपि कुनै ठूलो जघन्य अपराधमा संलग्न रहेको र त्यस्ता व्यक्तिको तस्वीर, भिडियो सार्वजनिक नगर्दा समाजलाई थप क्षति तथा हानि हुने अवस्थामा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृति लिएर सार्वजनिक गर्न सकिने पनि उल्लेख छ ।
प्रतिक्रिया 4