News Summary
Generated by OK AI. Editorially reviewed.- १३४औं डुरान्ड कपको पहिलो खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतको जम्सेदपुर एफसीसँग ३-२ ले पराजित भएको छ।
- खेलमा २ पटकसम्म पछाडि परेर बराबरी गरेपनि आर्मीले तेस्रो गोल बेहोरेपछि भने गोल फर्काउन सकेन ।
- डुरान्ड कपमा २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।
८ साउन, काठमाडौं । १३४औं डुरान्ड कपको पहिलो खेलमै नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतको जम्सेदपुर एफसीसँग पराजित भएको छ ।
समूह सी अन्तर्गत बिहीबार जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मी ३-२ ले पराजित भएको हो ।
सार्थक गोलुले खेलको तेस्रो मिनेटमै गोल गर्दै जम्सेदपुरलाई अग्रता दिलाएका थिए । तर कप्तान जर्ज प्रिन्स कार्कीले २६औं मिनेटमा गोल गरेपछि आर्मीले खेल बराबरी गर्यो ।
मनविर सिंहले ३०औं मिनेटमा गोल गर्दै जम्सेदपुरलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा आर्मीले बराबरी गोल फर्कायो । अनन्त तामाङले ६०औं मिनेटमा आर्मीका लागि बराबरी गोल गरे ।
तर त्यसपछि भने जम्सेदपुरले गोल थप्दा आर्मीले गोल गर्न सकेन । निखिल बार्लाले ७१औं मिनेटमा गोल गर्दै जम्सेदपुरलाई ३-२ को जित दिलाए ।
जितपछि जम्सेदपुरले ३ अंक जोडेको छ । आर्मी अंकविहिन छ । आर्मीले दोस्रो खेल वान लद्दाकसँग अगष्ट ३ मा खेल्नेछ । त्यसपछि समूहको अन्तिम खेल इन्डियन आर्मीसँग अगष्ट ५ मा खेल्नेछ ।
डुरान्ड कपमा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने ६ टिम सिधै क्वाटरफाइनल पुग्नेछन् । यस्तै दोस्रो हुने मध्येबाट शीर्ष दुई टोलीले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
प्रतिक्रिया 4