
समिति सभापति कुसुमदेवी थापा।
११ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई संसदीय समितिले उच्च प्राथमिकतामा राखेको छ । दफावार छलफलका लागि आए लगत्तै छलफल अगाडि बढाएको छ ।
गत बिहीबार प्रतिनिधि सभाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदीय समितिमा पठाएको थियो । लगत्तै प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि छलफल राखेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल’ गर्ने कार्यसूची छ ।
यो विधेयकमा ५५ वटा संशोधन परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4