+
+
Shares

किलोको ६ सय पुग्यो हरियो धनियाँको भाउ

आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो २ सय ४० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा हरियो धनियाँको भाउ मंगलबार प्रतिकिलो ६ सय रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको ३ सय ६० रुपैयाँबाट मंगलबार २ सय ४० रुपैयाँले भाउ बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • असार पहिलो साता हरियो धनियाँको भाउ प्रतिकिलो ५४ रुपैयाँ थियो भने असार अन्तिम साता ३ सय रुपैयाँ पुगेको थियो।

१३ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ ह्वात्तै बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ बढेको हो ।

आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो २ सय ४० रुपैयाँ बढेको छ ।

सोमबार हरियो धनियाँ प्रतिकिलो ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने हरियो धनियाँ प्रतिकिलो ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

असार पहिलो साता प्रतिकिलो ५४ रुपैयाँ रहेको हरियो धनियाँ असार अन्तिम साता प्रतिकिलो ३ सय रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?