+

साफ यू-१७ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्ने

२०८२ साउन  १५ गते १४:४३ २०८२ साउन १५ गते १४:४३
साफ यू-१७ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
  • प्रतियोगिता सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुनेछ।
  • नेपालले सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ र सेप्टेम्बर २५ मा सेमिफाइनल, २७ मा फाइनल हुनेछ।

४ साउन, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो ।

आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुने प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा सेप्टेम्बर १५ मै श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै नेपालले सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । सेप्टेम्बर २५ मा सेमिफाइनलहरू तथा सेप्टेम्बरमा २७ मा फाइनल हुनेछ ।

प्रतियोगिताको समूह बी मा भारत, माल्दिभ्स, पाकिस्तान र भूटान छन्।

साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय