+
+
Shares

बचतकर्ताको ५ करोड ठगेर सहकारी अध्यक्षसहित ७ जना फरार

एकै बचतकर्ताको डेढ करोड अपचलन

फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको न्यूरोडस्थित विश्वास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षसहित ७ जना पदाधिकारीले करिब ५ करोड रुपैयाँ ठगी गरी फरार भएका छन्।
  • फरार हुनेहरूमा अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, र सदस्यहरु अनिता थापा र रोहित खड्का छन्।
  • काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको छ र उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ।

२० साउन, काठमाडौं। बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका छन् ।

फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।

लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।

लामो समयसम्म खोजी गर्दा पनि उनीहरु फेला नपरेपछि फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको  जिल्ला प्रहरी परिस काठमाडौंका एक अधिकृतले बताए ।

पछि यो सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरू पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ ।

उनीहरूले १५ बचतकर्ताको चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुरेशकुमार पोदार नाम गरेका एक बचतकर्ताको १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको आरोप छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

अनुसन्धान अधिकारीहरुको अनुसार बचतकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?