+
+
Shares

म्युचुअल फन्डका चार योजनाको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत लक्ष्मी उन्नति कोषले इकाइधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ।
  • सनराइज म्युचुअल फन्डले सनराइज फस्र्ट म्युचुअल फन्डमा १४ प्रतिशत र सनराइज फोकस्ड इक्वीटी फन्डमा १३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • मुक्तिनाथ म्युचुअल फन्ड १ ले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई ३.८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ र साउन ३० गते बुक क्लोज मिति तय गरेको छ।

२१ साउन, काठमाडौं । म्युचुअल फन्डका विभिन्न चार योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले इकाइधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फन्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्वीटी फन्डले १३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै मुक्तिनाथ म्युचुअल फन्ड १ ले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई ३.८० प्रतिशतका दरले लाभां वितरण गर्ने घोषणा गरेको हो । सोका लागि साउन ३० गते बुक क्लोजको मिति तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?