+
+
Shares

कागतीको भाउ घट्यो, किलोको कति ?

आज बिहीबार कागतीको भाउ थोकमा प्रतिकिलो १५ रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १२:५५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार कागतीको भाउ प्रतिकिलो १५ रुपैयाँले घटेर १ सय १५ रुपैयाँमा आएको छ।
  • साउन पहिलो साता कागतीको भाउ प्रतिकिलो १ सय ३५ रुपैयाँ थियो भने असार अन्तिम साता १ सय ४० रुपैयाँ र जेठमा २ सय ७० रुपैयाँसम्म पुगेको थियो।

२२ साउन, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार कागतीको भाउ घटेको देखाएको हो ।

आज बिहीबार कागतीको भाउ थोकमा प्रतिकिलो १५ रुपैयाँ घटेको छ । बुधबार कागती किलोको १ सय ३० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १ सय १५ रुपैयाँ कायम छ ।

साउन पहिलो साता कागती प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै असार अन्तिम साता कागती प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भएको थियो भने जेठमा किलोको २ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?