+
+
Shares

१९ वर्षपछि समातिए फरार प्रतिवादी, मामालाई बाबु बनाएर लिएका थिए नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १५:३३

२२ साउन, काठमाडौं । कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।

सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।

धामीसहितका अन्य ८ प्रतिवादीले विसं २०६१ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिसईबीका कारण हतियार प्रहार गरेर हत्या गरेका थिए ।

रातको समयमा उनीहरूले मृतक मोक्तानको घरमा पुगेर हत्या गरी नालामा फालेका थिए ।

धामीलाई जन्मकैदको सजाय सुनाइएको थियो । यद्यपि उनी फरार थिए ।

फरार रहेका धामीलाई प्रहरीले मंगलबार प्रकाउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले पक्राउ पर्ने डरले नक्कली नागरिकता बनाएको खुलेको छ ।

प्रहरीका अनुसार, २०६८ साल जेठ २६ गते उनले जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली नागरिकता बनाएका थिए । मामा नाता पर्ने ननुलाल धामीलाई वंशजको आधारमा उनले नागरिकता बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?