
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'माइतीघर'को नयाँ पोस्टर निर्माता रोहित अधिकारीले असोज १३ गते प्रदर्शन तयारीसहित सार्वजनिक गर्नुभएको छ।
- पोस्टरमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर र प्रकाश सपुत फिचर्ड छन्।
- मिलन तामाङको निर्देशनमा बनेको फिल्म म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माता रोहित अधिकारीले विहिबार नयाँ पोस्टर सार्वजनिक गरे ।
पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, फिचर्ड छन् । स्केच शैलीमा डिजाइन गरिएको पोस्टर कलरफूल देखिन्छ ।
मोटरसाइकलमा धीरज र केदार चढेर कतै हिँडेको देखिन्छ । धीरज क्रोधित मुद्रामा छन् । मिलन तामाङको निर्देशनमा बनेको फिल्मलाई म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा फिल्म निर्माण भएको हो ।
कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । फिल्म दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4