+
+
Shares

त्रिविले माग्यो सरकारसँग सुरक्षा

कार्यालयमा बसेर काम गर्ने वातावरण बनाइदिन माग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १३:०३
सोमबार त्रिविको रजिस्ट्रार र रेक्टर कार्यालय तोडफोड तथा झडप भएपछि तैनाथ एम्बुलेन्स र प्रहरी ।

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो ।

त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ ।

‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’ त्रिविका एक अधिकारीले भने । उनका अनुसार सुरक्षाको लागि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भनिएको छ ।

सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा धर्ना दिइरहेको छ । जसका कारण उपकुलपति दीपक अर्यालले कार्यकक्षमा बसेर काम गर्न पाएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?