+
+
Shares

नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय

लालवीर चौधरीले पाएनन् मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ।
  • पार्टीले अध्यक्ष परिवर्तन गरेको पत्र निर्वाचन आयोगलाई पठाएको थियो तर आयोगले त्यो प्रक्रियासम्मत नरहेको निष्कर्ष निकालेको छ।
  • साउन १४ र १५ गते राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

२८ साउन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।

हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

निर्वाचन आयोग स्रोतले भन्यो, ‘नागरिक उन्मुक्ति पार्टी अध्यक्षको हेरफेर भएको भनी अभिलेख अद्यावधिक गरिदिन पत्र आएको रहेछ । तर, त्यो प्रक्रियासम्मत नभएकाले पुरानै अवस्थाले निरन्तरता दिने अवस्था रह्यो ।’

नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।

भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?