+
+
Shares

पहिरोमा परी इलाममा एक जनाको मृत्यु

इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रासस रासस
२०८२ साउन २८ गते १६:०४

२८ साउन, फिक्कल । इलाममा पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ ।

इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १२:०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए।

राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?