
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि करिब १ अर्ब २५ करोड रुपैयाँ बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले २६ साउनमा ९० लाख अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको थियो।
- सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको छ।
२९ साउन, काठमाडौं । दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।
२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ) बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4