
स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।
३० साउन, काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो ।
स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।
आज बिहान नेपाल प्रहरी सहित डोजर लिएर पुगेको नगर प्रहरीले सुकुमबासीका टहरामा डोजर लगाएको थियो ।
वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ ।
टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डे सहितको टोली पुगेको छ ।
हेर्नुहोस् तस्वीरहरु–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4