+
+
Shares

‘बलिदान’को टिजर : एक्सनप्रधान फिल्ममा न्याय र बदलाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'बलिदान'को १ मिनेट ५० सेकेन्डको टिजर सार्वजनिक भएको छ जसमा एक्सन, संवेदना, क्रोध, देशभक्ति र ड्रामा मिश्रण छन्।
  • टिजरले वैरीको निशानामा परेको गाउँमा अन्याय रोक्न नायकले बदला लिएर न्याय दिने कथावस्तु देखाएको छ।
  • निर्देशक सन्तोष सेनले 'बलिदान'लाई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भनेका छन् र फिल्म असोज १३ मा प्रदर्शन हुनेछ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेन निर्देशित फिल्मको १ मिनेट ५० सेकेन्डको टिजरमा एक्सन, संवेदना, क्रोध, देशभक्ति र ड्रामा मिश्रण छन् ।

टिजरको कथा चित्रण सरल छ । सारमा यो बदलाको कथा हो । वैरीको निशानामा परेको गाउँमा हुने अन्याय र अत्याचारलाई रोक्न नायकको उदय हुन्छ र उक्त नायकले वैरीसँग बदला लिएर न्याय दिने प्रयत्न गर्छ ।

टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे दर्शाउन खोेजेको छ । टिजरमा सौगात मल्ल, समीर भट्ट, ऋचा शर्मा, सन्तोष सेन, अर्पण थापा, हेमन्त बुढाथोकी लगायतलाई चित्रण गरिएको छ ।

टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको न्यारेसन सुनिन्छ । अभिनेता मल्ल मसाल बोकेर उभिएका देखिन्छन् । बुढाथोकी राजसी पहिरनमा देखिन्छन् । थापा राजनेताको भूमिकामा छन् ।

ऋचा कालीमाताको मूर्ति अगाडि अन्यायलाई रोक्न नायक आइदेओस् भनेर पुकार्छिन् । यस डायलगको पृष्ठभूमिमा जङ्गलमा बसोबास गर्ने आदिवासीको दृश्य देखिन्छ, जहाँ निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा उपस्थित छन् ।

समीरको प्रवेशसँगै टिजरको कथा अझै लम्बिन्छ । यसमा उनलाई ‘एक्सन किङ’को संज्ञा दिइएको छ । उनी एक्सन दृश्यमा सशक्त देखिएका छन् ।

टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ’बलिदान’ केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताए । ‘आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी छन् ।

‘बलिदान’ दशैंको फूलपाति अवसरमा असोज १३ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?