+
+
Shares
बक्सअफिस :

बलिदान, हरिबहादुको जुत्ता र माइतीघरले दोस्रो दिन कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते ०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'बलिदान'ले दशैंको दोस्रो दिन ४८ लाख ४६ हजार रुपैयाँ कमाइ गरी दुई दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ ग्रस कमाएको छ।
  • 'हरिबहादुरको जुत्ता'ले दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँ कमाइ गरी दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँ ग्रस कमाएको छ।
  • 'माइतीघर'ले दोस्रो दिन १९ लाख ६७ हजार रुपैयाँ कमाइ गरी दुई दिनमा ३८ लाख ६३ हजार रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । दशैंको फूलपातीदेखि प्रदर्शनमा आएका फिल्महरू बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ ।

मंगलबार नेपाली बक्सअफिसमा तीन फिल्मले पहिलो दिनको तुलनामा केही कम कमाइ गरेका छन् ।

‘बलिदान’ले मंगलबार ४८ लाख ४६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्मको दुई दिने कमाइ १ करोड ५ लाख ६५ हजार पुगेको छ ।

‘हरिबहादुरको जुत्ता’ले मंगलबार ३४ लाख ७३ हजार रुपैयाँ ग्रस कमायो । यो फिल्मको दुई दिने कमाइ ५९ लाख ५८ हजार नेरु ग्रस छ ।

‘माइतीघर’ले मंगलबार १९ लाख ६७ हजार नेरु ग्रस कमायो । फिल्मको दुई दिने ग्रस ३८ लाख ६३ हजार नेरु पुगेको छ ।

‘बलिदान’ मंगलबार २१३ शोज, ‘हरिबहादुरको जुत्ता’ १३४ शोज र ‘माइतीघर’ १३० शोसहित प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?