+
+
Shares

उपसभामुखको भ्रमणबारे कांग्रेसको प्रश्न- रातो पासपोर्ट बोकेर यसरी जान मिल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १३:३४

४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे सभामुख देवराज घिमिरेसँग चासो व्यक्त गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गरेका हुन् ।

उनले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्दै प्रश्न गरेका थिए ।

उनको यो प्रश्नको जवाफमा सभामुख घिमिरेले भनेका छन्, ‘उहाँ (उपसभामुख) आफ्नो व्यक्तिगत भ्रमणमा जानुभएको हो । जानकारी दिनुभएको थियो ।’

लगत्तै सांसद खतिवडालेले यसरी उपसभामुख व्यक्तिगत भ्रमणमा जान मिल्छ ? भन्दै प्रश्न गरे ।

सभामुखले व्यक्तिगत भ्रमण रहेको र त्यसबारे धेरै टिप्पणी नगर्ने बताए ।

पुन: खतिवडाले सभामुखलाई प्रश्न गरे, ‘रातो पासपोर्ट प्रयोग गरेर धेरैपटक विभिन्न कार्यक्रममा जानुभएको छ । यो मिल्दैन । यो अपारदर्शी छ । ध्यानाकर्षण गराउँछु ।’

उपसभामुख राना अहिले अमेरिका भ्रमणमा छिन् । उनी आगामी १३ भदौमा नेपाल फर्कने कार्यक्रम छ ।

यता, सत्तारुढ दलहरूले भने उनलाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर नै संकलन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?