+
+
Shares

इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेकोमा सांसद नेम्वाङको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:०५

४ भदौ, काठमाडौं । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्‍याएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको बताए ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सांसद समेत रहेका नेम्वाङले कार्यालयलाई टाढा सारेर नभइ अझै नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

‘अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ। सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पुर्‍याउँदै आएको थियो,’ उनले भने, ‘यस कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको छ ।’

उनले यथाशिघ्र उक्त कार्यालय इलाममै कायम गर्न र विकल्प स्वरुप सेवायुक्त कार्यालय स्थापना गर्नुपर्ने बताए ।

‘सेवाप्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो । यसलाई टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नु पर्दछ,’ सांसद नेम्वाङले भने, ‘त्यसैले, म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यथासिघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?