+
+
Shares

गौर नरसंहारको आदेशबारे प्रचण्ड- उपेन्द्र होइन, माओवादी लक्षित छ

‘उपसभामुख फेर्ने प्रयास तेस्रोपटक असफल पार्‍यौं’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ भदौ ५ गते १८:३६

५ भदौ, पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गौर नरसंहारबारे जारी गरेको परमादेश आफ्नै पार्टीप्रति लक्षित भएको बताएका छन् ।

उक्त परमादेश हेर्दा उपेन्द्र यादवमाथि लक्षित जस्तो देखिए पनि त्यो आफ्नै पार्टीलक्षित भएको जिकिर गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गौर नरसंहारमात्रै नभइ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय पनि आफ्नै पार्टीलक्षित भएको प्रचण्डको भनाइ थियो ।

‘कुलमानलाई फालेको थिएन, माओवादीलाई फाल्या हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लाग्याजस्तो देखिए पनि उपेन्द्र यादवलाई होइन, त्यो माओवादीलाई लगाएको हो,’ प्रचण्डले भने, ‘रगत पसिना बगाएर ल्याएको परिवर्तनको रक्षा र त्यसलाई समाजवादतिर लैजाने ऐतिहासिक दायित्व निर्वाह गर्नुछ ।’

प्रचण्डले जसको टाउकाको मूल्य तोकेर, काटेर झोलामा ल्याऊ भनिएकाहरूबाटै असुरक्षित भएपछि यस्ता कार्यहरू अघि बढाएको आरोप पनि लगाए ।

‘जसको टाउकोको मूल्य तोकेर, काटेर झोलामा ल्याऊ भनेको, त्यही टाउको आएर हामीमाथि राज गर्ने भनेर बसिखानुभएको छैन, बसिखानुभएको छैन उनीहरूलाई,’ प्रचण्डले भने, ‘त्यसैले सिद्याउनैपर्छ यिनीहरूलाई भनेर लागेका छन् ।’

‘उपसभामुख हटाउने प्रयास तेस्रो पटक असफल’

अहिले संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गरेर जसलाई मन लाग्यो, त्यसलाई मुद्दा चलाउने र जसलाई मन लाग्यो त्यसलाई सिद्याउने उद्देश्य अन्तर्गत काम भइरहेको प्रचण्डको आरोप थियो ।

‘विचरा एउटा महिला उपसभामुख, आदिवासी–जनजातीको पनि, समाजसेवी । उनको एउटा सानो टेक्निकल कुरा त्यो पनि भएको केही नि होइन फेरि,’ प्रचण्डले भने, ‘भएको केही भए त हुन्थ्यो, केही पनि भएकै छैन । तिनलाई निकाल्न निकै ठूलो कसरत भयो ।’

एकपटक फेरि सामाजवादी क्रान्ति र विद्रोहको झण्डा उठाउनुपर्छ भन्ने संकल्प मजदुर, श्रमिकहरूमा पुर्‍याउन उनले नेता कार्यकर्तालाई निर्देशन दिए । केन्द्रीय समितिमा मजदुर प्रतिनिधिलाई आबद्ध गर्नतिर लाग्ने भन्दै प्रचण्डले मजदुरहरूको हौसला बढाउँदै अर्को विद्रोह गर्ने र त्यसको तयारी गर्न आह्वान नै गरे ।

यो घटनान प्रतिक्रान्तिकको अर्को कडी भएको प्रचण्डको भनाइ थियो । संवैधानिक परिषद्मा जे मन लाग्यो त्यही निर्णय गर्नका लागि एमाले–कांग्रेसले प्रतिक्रान्तिको कदम चालेकाले त्यसलाई असफल पार्न आफू लागेको प्रचण्डले बताए ।

‘पदाधिकारीको बैठक २/४ दिनपछि बसेर केही बिग्रिंदैन, पहिले प्रतिगामी हर्कतलाई असफल पार्नुपर्छ’ भनेर आफूले प्रतिपक्षी दलहरूसँग छलफल गरेको प्रचण्डले सुनाए । बैठकमा अनेक अनेक विषयमा छलफल गरेको तर ती सबै कुरा अहिले आफूले नखोल्ने प्रचण्डले बताए ।

उपसभामुख पर्ने प्रयास तेस्रो पटक असफल बनाउन सफल भएको प्रचण्डले सुनाए । अब असफलमात्रै होइन, परास्त गरेर लखेट्नुपर्ने बेला आउन लागेको भन्दै माओवादीलाई पहिले त्यो मनोबल चाहिएको प्रचण्डले बताए ।

‘निजामती विधेयक कुच्याउनेले राजीनामा दिनुपर्‍यो’

माओवादीले अहिले सदनभित्र लडाईं लड्नुपरेको बताए । ठूलाठूला जालझेल, चलखेल र छलकपट भइराखेको प्रचण्डको भनाइ थियो । लाजैमर्ने तरिकाले संविधान मिचिएको प्रचण्डले दाबी गरे । त्यसलाई माओवादीले कन्ट्रोल गर्नुपर्ने अवस्था रहेको सुनाए ।

‘संघीय निजामती विधेयक मैले १८ महिनालगाएर सदनमा पर्‍याएको थिएँ, त्यसलाई छेडखानी गर्ने, त्यसलाई भाँच्ने, कुच्याउने कोसिस भयो,’ प्रचण्डले भने, ‘देख्नुभयो नि राजीनामा दिनुपर्‍यो नि कुच्याउनेहरूले । हामी कस्सिएर अगाडि बढ्यौं भने हुने रहेछ नि त ।’

माओवादी र प्रचण्ड रहिराख्यो भने फेरि समस्या पर्ने भयो भनेर केही मान्छेहरूले वितण्डा मच्चाइराखेको प्रचण्डले बताए । तर, आफूहरू सामाजवादी क्रान्तिको नयाँ कदम चाल्ने तयारीमा अगाडि बढिराखेको प्रचण्डले बताए ।

नोकरशाहरूसँग सम्झौता गर्दा हामीमा केही न केही अलिअलि धुलोमैलो लागेकै छ ।

‘अलिअलि पदलोलुप, अलिअलि व्यक्तिवादी, अलिअलि अवसरवादी, धेरथोर  भएकै हौं । त्यसैले अस्तिको केन्द्रीय समितिमा यो पखाल्न पर्‍यो,’ प्रचण्डले भने, ‘हामी अलि फ्रेस हुन पर्‍यो । यसको सुरुवात तलबाट गर्न सकिँदैन भन्ने ठाउँमा  पुगेकै छ ।’

तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा विचित्र तरिकाले पुगेकोसमेत प्रचण्डले सुनाए । संख्या र माओवादीको तागतले तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा नपुगेको प्रचण्डको भनाइ थियो पार्टीको प्रसंगमा नुन खाएको कुखुराजस्तो भएका नेता कार्यकर्तालाई केन्द्रीय समितिको बैठकपछि भने अलिअलि भए पनि आशा जगाएको प्रचण्डले बताए ।

‘दशैंपछि समाजवादी पार्टी एकताको प्रयास, मंसिरमा सडक आन्दोलन’

समाजवादी दलजति सबैलाई एउटै पार्टीमा ल्याउने आफ्नो कासिस जारी रहेको बताउँदै प्रचण्डले देशमा छिट्टै अर्को आन्दोलन गर्ने बताए । जनतासँग जोडिने अभियान सकेर दशैंपछि केन्द्रीय समितिको बैठक गर्ने तयारी गरिरहेको प्रचण्डको भनाइ थियो ।

‘केन्द्रीय समितिले टोलटोलमा गाउँ गाउँमा संगठन निर्माण गर्ने कुरा, त्यहाँ उत्पादन कार्य अगाडि बढाउने कुरालाई प्रमुख रणनीति बनाउँदै छ, अब । सबै नेता, कार्यकर्ताहरू गाउँमा, टोलमा फर्किनुपर्ने छ,’ प्रचण्डले भने, ‘केन्द्रीय समितिको बैठकपछि सम्भव भयो भने समाजवादीहरुको एकता होस् भन्ने मेरो चाहना छ ।’

दशैंतिहार पनि सकिन्छ र मंसिरपछि ठूूलो सडक आन्दोलनमा जाने तयारी गर्नुपर्ने प्रचण्डले बताए । ‘अर्को कुनै तरिकाले नोकरशाह र विचौलियाहरूलाई तह लगाउन सकिने स्थिति छैन । उनीहरूलाई सडकबाटै जनताको तागतको बलमा गलहत्याउनुपर्ने अवस्था आइलागेको छ,’ प्रचण्डले भने, ‘ऐतिहासिक मोडमा हामी छौं ।’

‘गुटको पछाडि लागेर आफ्नै खुट्टामा बञ्चरो नहान्नू’

माओवादीभित्र गुटउपगुट मौलाउँदै गएकोतिर प्रचण्डले संकेतमात्रै गरेनन्, सार्वजनिक कार्यक्रमहरूमा नेतृत्वको गाली नगर्न चेतावनीसमेत दिए ।

प्रचण्डले गुटको पछाडि लागेर आफ्नै खुट्टामा बञ्चरो नहान्न पनि प्रचण्डले आग्रह गरे ।

गुटको मिटिङ गर्ने, पार्टीको नीति तथा निर्णयकाविरुद्ध सार्वजनिक रुपमा गालीगलोज गर्नेलाई बरदास गर्न नसकिने प्रचण्डको चेतावनी थियो ।

सँगै लडेका, हिँडेका साथीहरू फुटेर गइहालुन् भन्ने चाहना नभएको र सकेसम्म तिनीहरूले कुरा बुझुन् भन्ने चाहेको प्रचण्डले बताए । माओवादी उपमहासचिव जनार्दन शर्मातिर संकेत गर्दै अध्यक्ष प्रचण्डले आफ्नो खुट्टामा आफैं बञ्चरो नहान्न चेतावनी दिएका हुन् ।

‘सकेसम्म उनीहरूले कुरा बुझुन्, तिनीहरूले गुटबन्दी नगरुन्, तिनीहरूले कहीँ अराजकता नफैलाउन्, तिनीहरू

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?