
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कोशेढुंगा'को नयाँ गीत 'हे बरै' झलकमान गन्धर्वको गीत 'के बरै' पुनः स्वरांकन गरी सार्वजनिक गरिएको छ।
- गीतमा आशिष अविरलको स्वर रहेको छ र परिवारको दुःख र विदाइको भाव समेटिएको छ।
- फिल्म १२ भदौमा प्रदर्शन हुने तयारीमा छ र सरोज पौडेलले निर्देशन गरेका छन्।
काठमाडौं । फिल्म ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘के बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण पक्षले फिल्ममा समावेश गरेको हो ।
परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ । नेपाली लोक संगीतका लिजेन्ड गन्धर्वलाई समर्पित गर्दै यो गीत पुनः स्वरांकन गर्दै फिल्ममा राखिएको हो ।
परिवारको दुःख हटाउन परदेश गएको परिवारको मुख्य सदस्य दुश्मनको घेरामा परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई कसरी सम्बोधन गर्दै बिदा माग्छ, त्यो भाव गीतमा समेटिएको छ ।
भिडियोमा फिल्मका कलाकार मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने चरित्र चित्रणमा छन् । भुसालको पात्रलाई ‘पूर्णबहादुरको सारङ्गी’को वीरेको क्यारेक्टरबाट लिइएको छ । वीरेको गेटअपमा मुकुनलाई देख्न सकिन्छ । उनले गाडीमा यो गीत बजाइरहँदा निकै मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ ।
‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेल निर्देशित आगामी फिल्म ‘कोशेढुंगा’ १२ भदौमा प्रदर्शन तयारीमा छ । फिल्मलाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो ।
फिल्ममा कलाकार सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटाको अभिनय छ ।
निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
प्रतिक्रिया 4