+
+
Shares

‘ब्लड मनी’को कथा उठाएको ‘कोशेढुंगा’ विहिबारदेखि मध्यपूर्वमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरोज पौडेल निर्देशित फिल्म 'कोशेढुंगा' विहिबारदेखि युएई, कतार र बहराइनका १२ हलमा रिलिज हुँदैछ।
  • फिल्मले खाडी मुलुकमा श्रम गर्ने नेपालीको 'ब्लड मनी' कथावस्तु समेटेको छ र सान्दर्भिक सन्देश दिन्छ।
  • नेपालगञ्जमा रिलिज भएदेखि फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको र कलाकार मञ्जिलकुमार दर्शकको माया पाएका छन्।

काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’  विहिबारदेखि मध्यपूर्वका युएई, कतार र बहराइनमा रिलिज हुँदैछ । सेभेन सिज इन्टरनेसनलले यो फिल्मलाई ती मुलुकका १२ हलमा प्रदर्शन गर्न लागेको हो ।

युएईका ८, कतारका ३ र बहराइको १ हलमा फिल्म लाग्ने वितरक रमेश ढकालले जानकारी दिए । खाडी मुलुकमा श्रम गर्न पुगेका नेपालीको ‘ब्लड मनी’को कथावस्तु समेटेको यो फिल्मले खाडीका नेपाली दर्शकको मन जित्ने आशा वितरकले लिएका छन् ।

‘खाडीका नेपालीको कथा भएकाले त्यो सेन्टिमेन्टसँग नेपाली दर्शक बाँधिनुहुन्छ जस्तो लाग्छ’ ढकालले भने, ‘ब्लड मनीको कुरा अहिले निकै सान्दर्भिक विषय हो र यसले दिने सन्देश महत्वपूर्ण छ ।’

फिल्मको सेकेन्ड हाफमा खाडीका मुलुकको जेलको सेटिङ र पात्रको कुरा पनि समेटेकाले यो अझै सान्दर्भिक हुनसक्ने बताइन्छ ।

‘कोशेढुंगा’मा सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माताद्धय ढकाल र प्रतीक सुवेदी वितरकको रुपमा छन् । पौडेल भने निर्देशकको रुपमा निरन्तर छन् ।

फिल्ममा सुरक्षा पन्त र मञ्जिलकुमारको शीर्ष भूमिका छ ।

नेपालगञ्जमा दर्शकको अँगालोमा बाँधिए मञ्जिलकुमार

पश्चिम नेपालको सहर नेपालगञ्जमा रिलिज भएदेखि नै यो फिल्मले उत्साहजनक शो पाइरहेको छ । अधिकांश हल हाउसफुल भएसँगै मंगलबार त्यहाँका हलमा पुगेर कलाकारले दर्शकसँग साक्षात्कार गरे ।

प्राप्त भिडियो र तस्वीरमा दर्शकले हल भिजिटमा पुगेका कलाकार मञ्जिल कुमार लगायतलाई भावुक हुँदै अंकमाल गरेको देखिन्छ । दर्शकीय प्रतिक्रियाले मञ्जिल पनि उत्साहित सुनिए ।

‘दर्शकको प्रतिक्रियाले मलाई उत्साहित र भावुक तुल्यायो । यो कुराले मलाई झनै राम्रो काम गर्न ऊर्जा दिएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?